Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

तालमेल नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डाै – सत्ता गठबन्धनको बैठकले तालमेल नभएका पालिकामा पनि मिलेर चुनाव लड्ने निर्णय गरेको छ ।

आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका ठाउँहरुमा समझदारी अनुसार काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने  निर्णय गरेको हो ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै चुनावमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma