Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वडा अध्यक्षमा मुर्तजाको चर्चा

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ को अध्यक्षमा मुर्जता खानले उम्मेदवारी दिनुभएको छ । जनता प्रगतिशील पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएपछी चर्चा चलेको छ । वडामा राम्रो प्रभाव रहेका खानको जित निश्चित रहेको समर्थकहरुको भनाइ रहेको छ ।
खानले आफू निर्वाचित भएमा वडामा रहेको स्वास्थ्य चौकिमा आफ्नै लगानीमा एम्बुलेन्स ल्याउने प्रतिवद्वता गर्नुभएको छ ।
वडाका किसानहरु लाई प्राथमिकता दिदै कृषि आत्मनिर्भर तथा वडाको समग्र बिकासको लागि आफुले उम्मेदवार दिएको बताउनुभयो । सरल स्वभावका खानले वडा न ७ लाई नमुना वडाको रुपमा विकास गर्ने बताउनुभयो । शिक्षा ,स्वास्थ्य, रोजगारी, कृषिलाइ प्राथमिकता दिदै काम गर्ने बताउनुभयो ।
आफ्ना दाइले कतारमा एक कम्पनी सचालन गरेको र त्यो कम्पनि बाट नेपालको लागि सहयोग ल्याउन पहल गर्ने खानले बताउनुभयो । वडाको बिकास लागि विभिन्न सहयोग उपलब्ध हुने भएकोले निर्वाचनमा कुशल व्यक्ती नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma