वैशाख २० कपिलवस्तु
जिल्लाको शिवराज नगरपालीकामा नेपाली कांग्रेसवाट मेयर पदका उम्मेदावर हुमकान्त खनालको चर्चा परिचर्चा हुने गरेको छ । झण्डै ४ दशक देखि नेपाली कांग्रेसको सक्रीय राजनीती गरेका खनाल यती वेला मत माग्न गांउ गांउमा पुगेका छन । कपिलवस्तुको शिवराज नगरपालीका वडा न ५ चन्द्रौटाका स्थायी वासिन्दा खनाल शिवराज नगरपालीकाको हरेक विषयवस्तु राम्रोसंग वुझेका नेता हुन । नेपाल विधाथी संघ हुदै सक्रिय राजनीतीमा क्रियाशिल नेता खनाल नेपाली कांग्रेस जिल्ला कार्यसमीतीको उपसभापति समेत रहेका छन ।
नेता खनाललाई जिल्लामा त्यागी , सालीन र भ्रद नेताको रुपमा कार्यकर्ताले लिने गरेको कांग्रेस शिवराजका नेता नारायण पौडेलले वताउनुभयो । ४ दशकको राजनीतीमा कहिले पनि निर्वाचनमा प्रतिष्पर्दा नगरेका खनालको उम्मेदावरीलाई शिवराज नगरपालीकामा विशेष महत्वले हेरिएको छ । उनले आफनो राजनीती जिवनमा धेरैलाई चुनावमा प्रतिष्पर्दा गराएका छन ।
तर आफु कहिले निर्वाचनको लागी अघि सरेका थिएनन । कपिलवस्तु क्षेत्र न ३ को प्रतिनिधि सभा , प्रदेशसभा र स्थानीय तहमा निर्वाचन जिताउन खनालको प्रमुख भुमिका हुने गर्दछ । शिवराज नगरपालीकाको हरेक समुदायमा लोकप्रिय रहेका नेता खनालको उम्मेदावरीलाई शिवराजवासीले सकारात्मक लिएका छन । कुनैपनि विषयवस्तुमा तुरुन्तै प्रतिक्रिया नदिने ,अरुको कुरा राम्रोसंग सुन्ने र समस्या समाधानको लागी प्रभावकारी भुमिका खेल्न सक्ने नेता खनालको सालीनता र भद्रताको प्रसंसा हुने गरेको पाईन्छ । उनले शिवराज नगरपालीकामा शिक्षा क्षेत्रको विकासको लागी पनि सकारात्मक कामहरु गरेका छन । शिवराजका केहि विधालयहरुको संचालन , व्यवस्थापन र गुणस्तरीय शिक्षाको लागी उनले कामहरु गरेका छन । हाल राष्ट्रिय मावी चन्द्रौटाको अध्यक्ष समेत रहेका खनाललाई शिक्षा प्रेमी नेताको रुपमा लिने गरिन्छ ।
शिक्षा , स्वास्थय , रोजगार, कृषि पर्यटन र भौतीक विकासलाई प्राथमीकता दिने प्रतिवद्धता वोकेर नेता खनाल मतदाताको घरदैलोमा पुगिरहेका छन । घरदैलो अभियानमा व्यस्त खनालले आफुले जनतावाट सोचेभन्दा राम्रो प्रतिक्रीया पाएको वताएका छन । आफनो उम्मेदावरीले पाका पुस्ता देखि युवाहरु समेत खुसि पाएको वताएका हुन । लामो समय देखि जनताको घरघरमा गएको छु , शिवराजवासीलाई समस्या परेको समयमा जुनसुकै वेला पनि शेवाको लागी अग्रसर भए , त्यसैले जनताले मलाई मया गर्नुहुन्छ , म निर्वाचन जित्नेमा विश्वस्त छु । उनले भने । निर्वाचीत भए आफुलाई कुनै पनि लोभ नभएकाले पुर्णत जनताको शेवा र शिवराजको विकासमा कठिवद्ध भएर लाग्ने उनको भनाई छ ।


प्रतिक्रिया