Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चर्चामा गठबन्धका उम्मेदवार खत्री र पुन


कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर र उप मेयर पदमा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्र बहादुर खत्री र दोर्ण बहादुर पुन दिनेशको चर्चा र महोल बढ्दै गइरहेको छ ।
निर्वाचन मिति नजिकिदै गर्दा घर दैलोमा व्यस्त बनेका खत्री र पुन जनताको रोजाइमा परेका छन । गठबन्धन र नयाँ अनुहारका कारण पनि जनताले दुबै उम्मेदवारहरुलाई विश्वास गरेका छन । एकिकृत समाजवादीबाट मेयर पदमा उम्मेदवार दिएका खत्री यस क्षेत्रका राजनितीक स्टाइकरका रुपमा चिनिन्छन । २०५४ सालमा साविक विरपुर गाविसका गाविस अध्यक्ष रहेर जनप्रतिनिधीका रुपमा जनताको काम गरिसकेका खत्रिलाई उनले अध्यक्ष हुदाँ गरेका कामले नै जनताले चिन्ने गर्दछन । राजनितिमा कुटनितीको राम्रो संग प्रयोग गर्न जानेका खत्रिले शिवराज नगरपालिकामा जति जति बेला राजनितिक, सामाजिक, धर्मसंकट परेको छ त्यति बेला जनताको पक्षमा सहि निकास दिने भएकाले खत्री मेयर पदका बलियो दाबेदारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।
गठबन्धन कै नेकपा माओवादी केन्द्रबाट उप प्रमुख पदका उम्मेदवार बनेका पुनको पनि नगरमा आफ्नो बेग्लै पहिचान छ । सरल स्वभाव, मिलनसार व्यक्तित्व, प्रभावशालि वक्ता र ढृढ अटोट भएका व्यक्तिका रुपमा चिनिएका पुन लाई जिते जनताको चहाना र हितमा काम गर्छन भन्ने जनताको बुझाइ छ । सबै संग निकै छिट्टो घुलमिल हुन सक्ने पुनको व्यवहारले पनि जनताले उनलाई रुचाएका छन ।


गठबन्धका दुबै उम्मेदवार लामो राजनितिक अनुभवबाट तिखारिएर जनता माझ मत माग्न पुगेका छन । जनताले हामीलाई मन पराएका छन , जनताका आवश्यकता हामीले बुझेका छौ, जनताका आवश्यकता पुरा गर्न शिवराज बासीले हामीलाई मतदान गर्ने छन ः मेयर पदका उम्मेदवार खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma