Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आचारसंहिताको धज्जी उडाउँदै शिवराजमा एमाले

निर्वाचन आचासहितालाई नेकपा एमालेले शिवराजमा धज्जी उडाएको छ । पार्टी प्रवेश कार्यक्रम भन्दै निर्वाचन आयोगले तोकेको मापदण्ड विपरित काम गरिरहेको छ ।
एमालेले युवाहरुलाई प्रयोग गरि ठुलो ठुलो साउण्ड,आचारसंहित विपरितका झण्डा ब्यानर वितरण लगाएत काम गरिरहेको छ । बुधवार शिवराज नगरपालिका वडा ४ मा एक कार्यक्रमको आयोजना गरि पार्टीको टिसर्ट समेत वितरण गरेको छ ।
केहि दिन अघि पार्टी कार्यालय अघि एमालेले टागेका झण्डालाई प्रशासनले निकालेको थियो । निर्वाचन आयोग तथा प्रशासनको निर्देशनलाई अटेरी गर्दै एमालेले शिवराज नगरपालिका आफ्ना गतिविधि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma