Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

मालारानी २ अध्यक्ष पदका उम्मेदवार : प्रेम सर


अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ को अध्यक्ष पदका उम्मेदवार प्रेम पछाई (प्रेम सर) । चुनावी सर्गमी बढ्दै जादाँ अध्यक्ष पदका दाबेदार प्रेम सरको माहोल पनि बन्दै गएको छ ।
नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रेम सर , स्थानिय डाक्टर हुन र शिक्षक पेसाबाट अवकास लिएका व्यक्ति हुन । लामो समय सम्म साविक मरेङ गाविस वडा नं. ३ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा शिक्षकका रुपमा रहेका प्रेम सरले धेरै बालबालिकालाई शिक्षा प्रदान गरी उनीहरुको भविष्य उज्जवल बनाएका छन । स्वास्थ्य तथा शारीरिक शिक्षाका शिक्षक पछाईले विशेषतः विद्यार्थीहरुलाई पढाई संगै उनीहरुको शारिरीक तन्दुरुस्तीका लागी व्यायम, खेलकुदका लागी प्रोत्साह गर्ने गर्दथे । खेलमा विद्यार्थीलाई आर्कषित गर्दै अध्ययन तर्फ प्रेरित गर्ने प्रेम सरको अध्यापन गराउने तरिकाले विद्यार्थीहरुका पनि उनी नजिक र प्रिय शिक्षक रहि रहे ।
जिल्लाको विकट गाउँ , जहाँ समयमा नै राम्रो उपचार पाउन असम्भव रहे पनि प्रेम सरको उपचारले धेरैको ज्यानधन बचेको छ । अहिले सुगम बनेको गुल्मी सदरमुकाम तम्घास त्यो समयमा निकै दुर्गम थियो । अहिले उपचारका लागी स्थानियहरु तम्घास जाने भए पनि सुरुको प्राथमिक उपचार भने प्रेम सरले नै गर्नु हुन्छ । बर्खाको झरी होस या मध्य राति कोहि कसैको घरमा कोहि विरामी भए भने पहिलो उपचार गर्ने व्यक्ति नै प्रेम सर हो । पटौटी, लामापोखरा, डाडाँकटेरी, गर्छा,अमिले, कुभिण्डे,ढाड,गहतेरा र रोकाचौरका स्थानियहरुको पहिलो डाक्टर नै प्रेम सर हुन ।
शिक्षक डाक्टर संगै प्रेम सर सामाजिक क्रियाकलापमा पनि उतिकै सक्रिया व्यक्ति हुन । एमालेको राजनिति गर्ने प्रेम सरले आफ्नो गाउँमा नै स्वास्थ्य चौकी हुनु पर्छ भनेर आफ्नै जग्गा स्वास्थ्य चौकीका लागी दिएर गाउँमा नै स्वास्थ्य चौकी निर्माण गर्न सफल भए । स्थानिय वडा बासीको सहयोग र वडाको विकासका लागी हरदम लागी रहने प्रेम सर यस पटक वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन । स्थानिय नागरिकले प्रेम सरको शिक्षा स्वास्थ्य प्रतिको योगदानको कदर पक्कै गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma