Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

अमेरिकाले नेपाललाई झन्डै ८० अर्ब रुपैयाँ अनुदान सहायता दिने, ५ वर्षमा खर्च भइसक्ने

काठमाण्डाै – नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बीच झन्डै ८० अर्ब रुपैयाँको अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएकाे छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सह–सचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र यूएसएआईडीका नेपाल मिसन निर्देशक सेपिदेह किवंसदले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौताअनुसार यूएसएआईडीले पाँच वर्षमा ६ सय ५९ मिलियन डलर अर्थात् झन्डै ७९ अर्ब ७१ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउनेछ । नेपाललाई मध्यम आय भएको देश बनाउनका लागि दिगो विकासका लक्ष्य पूरा गर्न, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका असर कम गर्न रकम खर्च हुनेछ । सहायता सम्झौताको रकम अर्थ मन्त्रालयको रातो किताब अन्तर्गत नै खर्च हुनेछ ।

 कार्यक्रममा अर्थ मन्त्रालयका सह–सचिव अर्यालले नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भइसकेको र यो अवधिमा अमेरिकाले नेपाल र नेपालीका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma