Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वडा अध्यक्षका उमेद्धार पौडेलको प्रतिवद्धता: खानेपानि र फोहोर व्यवस्थापनलाई निशुल्क

कपिलवस्तु – शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदका उमेद्धार सरोज पौडेलले चुनाव जितिसकेपछि आपनो वडा भित्र खानेपानिको न्युनतम शुल्कलाई निशुल्क बनाउने र फोहोर व्यवस्थापन वापत उठाइने जुन शुल्क छ त्यसलाई पनि निशुल्क गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गठबन्धनका साझा उमेद्धारको रुपमा रहेका पौडेल नेकपा एसबाट वडा अध्यक्ष पदका लागि चसनावि मैदानमा छन । शिवराज नगरपालिकाको केन्द्रको रुपमा रहेको चन्द्रौटा बजारलाई सुन्रीकरण गर्नका लागि आफुले विभिन्न योजनाहरु ल्याउने पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पौडेलले औपचारीक रुपमा प्रतिवद्धता पत्र शार्वजनिक नगरे पनि आफुले ५ बर्षे कार्यकालमा गर्ने योजनाहरु शार्वजनिक गर्नुभएको छ । जसको पहिलो नम्बरमा निष्पक्ष सेवा र शुसान कायम गर्दै भष्टचार मुक्त समाजको निमाणर््ा गर्ने उल्लेख गरीएको छ ।


वडाभित्र खानेपानिको न्युनतम शुल्कलाई निशुल्क गर्ने र विस्तार नभएका टोलमा विस्तार गर्ने, बजारको सरसफाई वापतको लिइने शुलकलाई निशुल्क गर्ने पनि पौडेलले घोषण गर्नुभएको छ ।


बजारलाई सुन्दरीकरण गरी चन्द्रौटा बजारमा बस पार्कको व्यवस्था र इ रीक्सा अटो रीक्सालाई व्यवस्थित गर्ने, नौडिहवा र रहटकोलमा व्यवस्थित खेलमैदान निमार्ण गर्ने, राइजिगं स्टार युवा क्लबको खेल मैदामा कवड हल निमाणर््ा गर्ने रगंसालाको निम्ती पहल गर्ने पनिपौडेलले वडा बासि सामु प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

गुणस्तरीय शिक्षामा जोड दिदै राष्ट्यि माध्यमिक विद्यालयमा स्नातकोत्तर सम्मको कक्षा सन्चालनमा पहल गर्ने, अग्रेजि माध्यमबाट पनि निशुल्क शिक्षाको व्यवस्था गर्ने, वडा भित्रका अन्य विद्यायको सम्रग विकासका लागि आवस्यकताको मुल्याकंन गरी बजेटको व्यवस्था, विशेष क्षमता भएका विद्यार्थिका लागि वडाबाट छात्रा बृद्धिको व्यवस्था गर्ने, सहिद तथा बेपत्ता परिवारका सदस्यलाई रोजगारीमो प्राथमिकतामा राख्दै एक घर एक रोजगारको व्यवस्था गर्ने ।


चन्द्रौटा बजारमा ँचभभ ध्षष् र चोक तथा सार्वजनिक स्थलमा सिसि क्यामेरा र सडक बत्ति जडान, हाटबजारलाई सफा र व्यवस्थित गर्दै बजारमा शार्वजनिक सौचालयको व्यवस्था गर्ने, उद्यमशिलताको विकासका लागि उत्पादनमा जोड दिदै विशेष तालिम र योजना बनाई व्यवसायिक बन्नका लायि सहयोग प्रदान गर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि चिस्यान केनद्रको निमार्ण, उत्पादित बस्तुलाई बजार मुल्य निर्धारण गरी नगरपालिकाले खरीद तथा वितरण गर्ने व्यवूथा मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सबैको चर्चामा र भरोसामा रहेका पौडेलले घर घरमा पुगेर वडा अध्यक्ष भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन ।

वडा वासिले पनि पौडेललाई साथ रहेको बताउदै आएका छन । पौडेलले चुनाव चिन्ह कलममा मतदान गरी आफुलाई विजय बनाउन आग्रह गर्दै गर्दा अधिकाम्स नागरीकहरु पैडेलकै पक्षमा छन । शिवराज ५ मा वडा अध्यक्षमा सरोज पौडेलको जित निश्चित रहेको वडा वासिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma