Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कांग्रेसको अवस्था देशभर राम्रो छ : विश्वप्रकाश शर्मा

ओखलढुङ्गा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गर्नुभएको छ । लिखु गाउँपालिकामा आज शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गर्नुभएको हो । 

देशभरको जनलहर कांग्रेसकाे पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गर्नुभयो । 

देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उहाँले बताउनुभयो । बाँकी एकसय १९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरूको साथ लिएको शर्माको भनाइ थियो । तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ । 

कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma