Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

संसद विघटन गर्ने एमालेलाई स्थानीय चुनावमा रोक्नुपर्छ : रामचन्द्र पौडेल

बुटवल – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा बोल्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्थिरता खल्बल्याउने निमित्त नायक भएको आरोप लगाए । उनले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहका चुनावमा पराजित गर्नुपर्ने भनाइ राखे ।
‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’ पौडेलले भने । ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको भन्दै पौडेलले राजनीतिक स्थिरताका लागि प्रगतिशील गठबन्धनलाई बलियो बनाएर एमालेका गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ । ‘दिउसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसंग लम्पसार पर्ने’, पौडेलले भने, ‘महेन्द्रले पनि राष्ट्रवादको नाममा ठगेका थिए, ओलीले पनि ठगेका छन् ।’

नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma