Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

संविधानको रक्षा र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि गठबन्धन : देउवा

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि गठबन्धन बनेको बताउनुभएको छ ।

बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध गठबन्धनको उदय भएको दाबी गर्नुभयो ।

संविधानमा प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नभएको बताउँदै देउवाले ओलीले लहडमा संसदलाई मृत्यशैययामा पु¥याउन खोजेको आरोप लगाउनुभयो । असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनस्र्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको स्मरण गर्नुभयो ।

नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउने बाचाका साथ आफ्नो नेतृत्वमा सरकार बनेको भन्दै उहाँले अहिले सरकारबाट कसैलाई डर त्रास नभएको, बोल्न तथा लेख्नका लागि सबैलाई छुट भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma