
वैशाख २५ कपिलवस्तु
शिवराज नगरपालीकाको लागी नेपाली कांग्रेसवाट नगर प्रमुख पदका उम्मेदावर हुमाकान्त खनालले नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन आवाहन गर्नुभएको छ । शिवराज नगरपालीका वडा न १ शिवपुरमा घरदैलो पछि भएको कार्यक्रमलाई संवोधन गर्दै प्रत्यासी खनालले निर्वाचनमा विजयी भए नगरपालीकामा सवैको साझा व्यतmी भएर काम गर्ने प्रतिवद्धता व्यतm गर्नुभएको छ । पुर्ण समावेशीता सहितको समृद्ध नगरपालीका वनाउने योजना रहेको वताउदैं उहांले आफनो टिमलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
शिवपुरको क्यापसको विकासको लागी आफनो योग्नाद रहेको स्मरण गराउदैं शिक्षा क्षेत्रको विकास आफनो एजेण्डा भएको वताउनुभयो । उहांले शिवराजका सवै वडामा नेपाली कांग्रेसको अवश्था एकदमै राम्रो पाएको वताउनुभएको छ । उहांले कसैको अफवाह र झुठो आश्वासनमा नपरी कांग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ ।
जनताले अनुमोदन गरेमा जनतालाई प्रत्क्षय अनुभुती हुने गरी काम गर्ने वताउनुभयो । यस्तै उप्रमुख पदका उम्मेदावरले आफु राजनीती घरानावाट आएको व्यतmी भएकाले जनताको शेवाको लागी कुनै कसर वांकी नराख्ने वताउनुभयो । उहांले नगरपालीकामा आफनो टिम विजय भए महिलाहरुको ससतmीकरणको लागी छुटै निति वनाएर काम गर्ने समेत वताउनुभयो ।


प्रतिक्रिया