कपिलवस्तु – स्थानिय निर्वाचन आउन ४ दि मात्रै बाकि रहदा शिवराज नगरपालिकाको मुटु अर्थात केन्द्रको रुपमा रहेको वडा नं ५ मा कस्ले जित्छ भन्ने कुरा सबैको चसोको विषय बनेको छ । कपिलवस्तुको पुर्व पश्चिम लोकमार्ग संग जोडिएको पश्चिम तर्फको सुगम नगरका रुपमा शिवराज नगरपालिकालाई हेरिन्छ ।
वडा नंं ५ लाई बसोबास र ब्यापारीक हिसाबले मुख्य केन्द्रका रुपमा लिईन्छ । अन्य वडाको तुलनामा यो वडामा विकास र ब्यवस्थापनका लागी करोडौ रकम नगरले खर्चिदै आई रहेको छ । अधिकांस पार्टिका अधिकांस नेता यहि वडाबाट प्रतिनिधित्व गर्ने गर्छन । त्यसैले पनि स सना अवसर होस या प्रतिस्पर्धा यो वडामा त्यसले ठुलो राजनैतिक हलचल ल्याउने गर्छ ।
केहि नयाँ केहि पुराना अनुहार त्यसैमाथी केहि तन्नेरि कोहि अली पाका उमेर समुहका विच यो वडाको प्रतिस्पर्धा हेर्न लायकको छ । कोहि पहिलो पटक यो वडामा आफनो जित निकाल्न चाह्न्छन भने कोहि दोस्रो पटक कार्यकाल दोहराउने दाउमा छन । खासगरी यो वडा मिश्रीत बसोबास भएको वडा हो । लामो समय देखि बसोबास गदै आएका समुदाय र एक दशक अघि अर्घाखाचीबाट बाक्लो रुपमा बसाइ सरी आएकाहरुको आ आफनै दम्भका नजितको उद्घोष गरिएको छ । त्यसैमाथी थारु समुदायको मत पनि यो वडाको निर्णयमा परिवर्तन गर्न सक्ने सामथ्र्य राख्दछ ।
एमालेको फुट र बागी उम्मेदवारको असर , काग्रेसबाट अजय थापा समुहको बर्हिगमन हुनुको कारण यो वडाको नतिजा केही आंकलन गर्न सकिन्छ । प्रतिस्पर्धाको दोडमा माओवादिको मत सहित कलम चुनाव चिन्ह बाट प्रतिस्पर्धामा होमिएका सरोज पौडेल यो वडामा सबै भन्दा बलियो देखिएका छन ।
एमाले भित्रको असन्तुष्ट पक्षको मत र माओवादि र नेकपा एसको मतका आधारमा पौडेल अब्बल छन । उनलाई कडा टक्कर दिनेमा नेपाली कागँ्रेसका हरि प्रसाद पोख्रेल देखिएका छन । उनले सबै वर्ग समुदाय र संगठनबाट राम्रो मत प्राप्त गर्ने आधार देखिन्छ । मुख्यतः यो वडामा कलम र रुख चिन्ह्कै प्रतिस्पर्धा देखिने छ । ऐमालेबाट बागी हुनु र समाजवादि अलग हुनुले एमालेलाई असर गरेका कारण यो तेस्रो शक्तिका रुपमा उदय हुने अनुमान गर्न सकिन्छ । स्वतन्त्र उम्मेदवार अर्जुन पाण्डेको मत बढ्दै गएमा एमालेको उम्मेदवार अझ तल झर्ने र सन्तोष थारु र अर्जुन पाण्डे मध्ये कोहि एक प्रतिस्र्धामा पुग्ने संभावना देखिएको छ ।
राप्रपाले अजय थापाका समर्थक युवा नेता सन्तोष थारुलाई चुनावि रणभुमिमा पठाएको छ । उनि पुराना वडा अध्यक्ष अर्जुन पाण्डेका निकटत्म प्रतिस्पर्धी हुन । नेकपा एकिकृत समाजवादिका नगर कमिटि अध्यक्ष समेत रहेका समाजसेवि युवा नेता सारेज पौडेलको पक्षमा अहिले जनलहर बढ्दो देखिन्छ । यस्तै कांग्रेसका पुराना नेता तथा उपमेयरका प्रतिस्पर्धी पोख्रेल पनि कमजोर प्रतिष्प्रधि हैनन उनको पक्षमा पनि जनता बढिनै छन । सबै पार्टिले यस वडामा विशेष जोडका साथ प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेका छन । खास गरी थारु,सुकुम्बासि , मधेसी, मुस्लिम मत र अर्घाखाचीको मतले यो वडामा कस्को अवस्था के हुने भन्ने निक्यौल गर्ने छ ।


प्रतिक्रिया