कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा उप प्रमुखको पदको लागी ६ जना उम्मेदवारहरु रहेका छन । विभिन्न राजनितिक पार्टिबाट ६ जना उप प्रमुख पदको प्रतिस्पर्धामा रहेका छन ।
उप प्रमुख पदका लागी नेकपा एमाले बाट शिवकुमारी चौधरी, नेपाली कांग्रेसबाट शारदा कार्की रायमाझि, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको साझा उम्मेदवार दोर्ण बहादुर पुन, जनता समाजवादी पार्टिबाट प्रमिला चौधरी, राप्रपा बाट विपासा थारु र लोकतान्त्रिक समाजवादी पार्टि नेपालबाट सिता खनाल रहेका छन ।
नगरमा महत्वका साथ हेरिएको उपको पद कस्ले जित्ला भन्ने चर्चाले चुनावी महोल तातेको छ । नेपाली काँग्रेसबाट उपको दाबेदार रहेकी शारदा रायमाझि कार्की बलियो उम्मेदवारको रुपमा रहेकी छन । काँग्रेस एकै ठाउँमा उभिएको बेला उप प्रमुख पदको उम्मेदवार बनेकी रायमाझिले पनि टक्कर दिने देखिएको छ । नगरको दक्षिण क्षेत्रमा लामो समय शिक्षण पेसामा आबद्ध रहेकी र त्यहि क्षेत्रबाट प्रतिनिधीत्व गर्ने भएकाले पनि कार्की बलियो उम्मेदवारको रुपमा रहेकी छन ।
नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टिबाट उप प्रमुखको पदमा उम्मेदवार बनेका दोर्ण बहादुर पुन भने अन्य उम्मेदवारको तुलनामा अब्बल देखिएका छन । दुई पार्टिको गठबन्धनबाट साझा उम्मेदवार बनेका पुनको सरल स्वाभाव र राजनितिमा अन्य उम्मेदवार भन्दा बढि दख्खल भएका कारण नागरिकले पुनको पक्षमा मत दिने सम्भावना छ ।
थारु समुदायबाट ३ जना उपका उम्मेदवार बन्दै गर्दा एक कार्यकाल उपमेयर भइ सकेकि शिवकुमारी थारु भने दोहोरिने संम्भावना निकै कम देखिएको छ । गत निर्वाचनमा सेलिब्रेटी उपनामले चर्चा पाएकी थारुको चर्चा यस पटक भने खासै देखिएको छैन । एकपटक देखि सकेको प्रतिनिधीलाई जनताले दोहोराउन नचाहेको र नयाँलाई अवसर दिने ताकमा नगरबासी रहेको बुझिएको छ ।
जसपा बाट उप कै प्रतिस्पर्धामा रहेकी प्रमिला थारुको चर्चा भने राम्रै चलेको छ । थारु समुदाय यस पटक प्रमिलाको पक्षमा मतदान गर्न सक्ने देखिएको छ । उपका लागी थारु मतलाई निर्णायकका रुपमा हेरिएको छ भने दक्षिणी भेगबाट जसपाका मेयर पदका दाबेदार रहेका कृष्णकुमार चौधरीको मत समेत प्रमिलालाई आउने देखिएको छ । प्रमिलालाई दक्षिण उत्तरको मत मिश्रित आउदाँ उपको कडा प्रतिस्पर्धीका रुपमा उनी रहेको देखिएको छ ।
राप्रपा बाट उपको उम्मेदवार बनेकी विपासा थारुले समेत थारु भोट आफ्नो पक्षमा पार्न सक्ने आँकलन गरिएको छ ।
लोसपाबाट उम्मेदावर बनेकी सिता खनालले पनि नगरको दक्षिण भोटमा बढि बर्चश्व राख्न सक्ने आँकलन गरिएको छ । दक्षिणको मतका आधारमा नै खनाल उपको दौडमा कहाँ सम्म पुग्न सक्छिन भन्ने बुझाइ छ । नगरको दक्षण क्षेत्रबाट मत राम्रो निकाल्दा उनि पनि प्रतिस्पर्धामा खरो उत्रने स्थानियको बुझाइ छ ।


प्रतिक्रिया