Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कमल थापाकाे तीर र राजेन्द्र लिङ्देनकाे हलाेले एमालेकाे सूर्य चिह्न प्वाल पारिसक्याे : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको टिप्पणी गर्नुभएकाे छ । 

आज मङ्गलवार गठबन्धनको तर्फबाट गरिएको काठमाण्डाै महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । सत्तारूढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उहाँले बताउनुभयो । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका बिचरा भनिएको उल्लेख गर्दै नेता थापाले एमालेले पनि गएकाे चुनावमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हँसिया हथौडामा भोट हालेको स्मरण गराउनुभयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसका कार्यकर्तालाई बिचरा रुखमा भोट हाल्न पाएका छैनन् भन्न गरिन्छ । अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा एमालेको उम्मेदवार थिएन । अस्ति भर्खर प्रचण्डलाई, नेकपा (माओवादी केन्द्र) लाई मत हालेर जिताएर एमालेले पार्टी नै एउटै बनाएको होइन ? यस पटकको चुनावमा गठबन्धन भनेर पाँच वटा पार्टी एक ठाउँमा उभिएका छौँ । पाँच पार्टी संसदमा सँगै छ । सरकारमा सँगै छ । तर एमालेसँग उभिएको पार्टी हेरौँ । मकवानपुरमा गयो कमल थापा, चितवनमा आयो राजेन्द्र लिङ्देन । डाँडा चढ्यो विप्लव । ओरालो ओर्लियो सिके राउत । परिवार दलको साँचोदेखि सिके राउतको लाउडस्पिकरसम्म, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म छ । चारतीरबाट तपाईँले सूर्य चिह्न हेर्नुभयो भने घोच्दा घोच्दा प्वाल परिसकेको देख्नुहुन्छ ।’

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाण्डाै महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर फेरि दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । स्थापितलाई यसरी डुलेको बारेमा काठमाण्डाैका मतदाताले प्रश्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले एमालेले अघिल्लो चुनावमा गरेको प्रतिबद्धतालाई पूरा नगरेर मतदाता र काठमाण्डाैवासीलाई हेपेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma