Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

देशभरका २८ पालिकाका ७७ मतदान केन्द्रमा पुन: मतदान हुने

काठमाडौं – विभिन्न कारणले स्थगित भएका ७७ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा पुन मतदान हुने भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार जुम्लाको गुठिचौर, काभ्रेको पाँचखाल, रौतहटको फटुवा विजयपुर, सप्तरीको डाक्नेश्वरी, रामेछापको खाँडादेवीलगायतका विभिन्न मतदान स्थलमा पुनः मतदान हुने भएको हो।

निर्वाचन आयोगका अनुसार विभिन्न विवादका कारण यी क्षेत्रमा मतदान स्थगित भएको हो। एक साताभित्रै यी क्षेत्रमा पुनः मतदान गरिने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma