Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा राप्रपाका थापाको अग्रता कायमै

कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले अग्रता कायम राखेखेका छन । शिवराजका वडा १,२ ,२ ,९,१० र ११ को मतगणना सकिंदासम्म राप्रपाका उम्मेदवार थापाले ४हजार ५ सय ३१ मत पाएका छन ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका महादेव पोख्रेलले ४ हजार ३सय ११ र नेपाली कांग्रेसका उम्मेदवार हुमकान्त खनालले २ हजार ८सय ७ मत पाएका छन् ।

१७हजार ७सय ४९ मत गन्दा सम्म नगर प्रमुख पदमा राप्रपाका उम्मेदवार थापा एमालेका उम्मेदवार पोख्रेल भन्दा २२० मतले अगाडि छन भने उप प्रमुख पदमा एमालेकि उम्मेदवार शिवकुमारी थारु १ हजार ५ सय ७३ मतान्तरले नेपाली कांग्रेसकि उम्मेदवार सारदा रायमाझि भन्दा अगाडि छिन।

उपमेयरमा नेकपा एमालेकि उम्मेदवार शिवकुमारी थारुले सुरुवाति अग्रता कायम राखेकि छिन । थारुले ८ हजार ८८१ मतसहित अग्रता लिएकि छिन । नेपाली कांग्रेसकि उम्मेदवार सारदा रायमाझिले ३ हजार ३०८ मत पाएकि छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma