Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बुद्धभूमिका ३ वटा वडाको मतगणना सकियो, २ मा कांग्रेस १ मा जसपा विजयी

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ३ वटा वडाको मतगणना सकिएको छ । १० वटा वडा रहेको बुद्धभूमिमा कांग्रेसले वडा नम्बर १ र २ मा जित हासिल गरेको छ । वडा नम्बर १ मा २०७४ सालको निर्वाचनमा कांग्रेसनै निर्वाचित भएको थियो भने वडा नम्बर २ मा भने नेकपा एमालेले जितेको थियो । अहिले वडा नम्बर २ मा विजयी हासिल गर्दै एमालेको विरासत तोडेको हो । वडा नम्बर २ मा नेपाली कांग्रसेका सुरजप्रताप राणा निर्वाचित हुनुभएको छ । यस्तै वडा नम्बर १० मा भने जसपाका सन्दीप पाण्डे निर्वाचित हुनुभएको छ । अब ७ वटा वडाको मतगणना बाकी छ भने अब वडा नम्बर ९ को मतगणना सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma