Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

काठमाण्डौ महानगर : बालेन शाहको २० हजार मत कट्यो,  केशव स्थापित साढे ९  हजारभन्दा धेरै मतले पछाडि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत प्राप्त गर्नु भएको छ  । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५ सय ७६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएको छ  ।  उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याउनु भएको छ।

एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाउनु भएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma