Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विजयनगरको अध्यक्षमा थापा र उपाध्यक्षमा थारु निर्वाचित



चन्द्रौटा,७जेठ
कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी थारु निर्वाचित भएका हुन् । थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पाटीका जानकी प्रसाद यादवले ५ हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारु ४ हजार ९३० मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८४९ मत प्राप्त गरिन् । २०७४ सालमा पनि थापा र थारु निर्वाचित भएका थिए । विजयनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित छ वटा वडा जितेको छ । ७ वटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma