Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नवनिर्वाचित मेयर उपमेयरलाई स्वागत तथा सम्मान


माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु
दियालो नेपाल कपिलवस्तुले शिवराज नगरपालिकाका नव निर्वाचित मेयर उपमेयरलाई स्वागत तथा सम्मान गरेको छ । मेयरमा अजय थापा र उपमेयरमा शिवकुमारी थारु निर्वाचित भएपश्चात संस्थाले २५,२५ किलोका माला लगाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मिना परियारले सम्मान गर्नुभएको हो । दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष समेत रहनुभएकी परियारले निर्वाचित प्रतिनिधिहरु सँग नगरवासिहरुले ठुलो आशा र अपेक्षा राखेकोले पाँच वर्षमा नमुना काम गर्न आग्रह गर्नुभयो । मेयर थापालाई नगरको विकासमा थप जिम्मेवारी रहेको बताउनुभयो ।


सम्मान ग्रहण गर्दै मेयर थापाले शिवराजको विकास र समृद्धीमा आफु कटिबद्ध भएर लाग्ने उद्धघोष गर्नुभयो । परियारले विगत ५ वर्षमा धेरै कामको अनुभव भएकोले अब नगरमा महिला किशोर किशोरीहरुको लागि प्रभावकारी काम गर्न उपमेयर शिवकुमारी थारुलाई आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।कार्यक्रममा राप्रपाका प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले नवनिर्वाचित मेयर उपमेयरलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma