Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा माओवादी केन्द्र र नेकपा एसको चुनाबी गठबन्धन सकियो

कपिलवस्तु – कपिलवस्तुको शिबराज नगरपालिकामा स्थानीय तह निर्वाचनको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजबादी) बिच भएको गठबन्धन निर्वाचन पश्चात सकिएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा शिवराजमा २ दलले चुनावि तालमेल गरी साझा उमेद्धारको रुपमा चुनावि प्रतिस्प्रधा गरेका थिए । आज सोमबार नेकपा माओवादि केन्द्र शिवराज नगर कमिटिले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका आम नगरबासि मतदाता, सुरक्षाकर्मि, गठबन्धनका नेता कार्यकर्ता, संचारकर्मि लगायतमा धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा जित हार हुनु स्वाभाविक प्रकिया भएको र हारमा आत्तिनु र जितमा मात्तिनु लोकतान्त्रिक पद्धतिको अवमुल्यन हुने भएकाले सबैमा संयमित हुन पनि अनुरोध गरेको छ ।


शिवराज नगरको मेयर उपमेयर सहित ११ वटै वडाको अन्तिम नतिजा प्रकाशन भए पश्चात चुनावि तालमेलको उदेश्य पनि पुरा भएकोले अजको दिनबाट नेकपा माओवादि केन्द्र शिवराज नगर कमिटिको निर्णय नै आधिकारीक मानिने नगर कमिटि अध्यक्ष दिनेश पुनद्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma