कपिलवस्तु – नवनिर्वाचित शिवराज नगरपालिका ९ का अध्यक्ष गोपाल चौधरीद्वारा पदभार ग्रहण गर्नुभएको छ ।
शिवराज ९ वडा कार्यलयको सभाहलमा आयोजित नवनिर्वाचित प्रतिनिधिको स्वागत पुरानाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै
वडाका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।
पहिलो कार्यकाल कार्यबाहक अध्यक्षका रुपमा काम गरेर अनुभव बटुलेका चौधरीले शिवराज भित्र सबै बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताउनु भयो ।
वडाको समग्र बिकास गर्न वडाका विभिन्न दल सबै शिवगढी बासी एकजुट भएर लागे सुन्दर र समृद्ध शिवगढी बन्न समय नलाग्ने उहाको भनाई छ ।सबैसंग समन्वय सहकार्य गरेर मात्र योजना बनाउने बताउदै सबैबाट सहयोगको अपिल समेत गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष चुर बहादुर खड्काले निर्वाचित भएको हप्ता दिनमै कार्यलयमा ताला लगाउने जस्ता चुनौतीहरुसंग सामना गर्दै शिवगढीबासीको हरेक समस्य सम्भोधन गर्ने प्रयास गरेको बताउनु भयो ।आफ्नो ५ बर्षको कार्यकालको भोगाईले धेरै कुरा सिकाएको अनुभव सुनाउदै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मार्गदर्शन समेत गराउनु भएको थियोे ।
कार्यक्रमलाई माओवादी केन्द्रका ईन्चार्ज प्रेम रोका,शिक्षक बिक्रम के सि ,रामसिङ्ग बुढा लगायतले सम्बोधन गर्नु भएको थियोे


प्रतिक्रिया