Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रदेश र संघीय चुनावको तयारीमा जुट्न कार्यकर्तालाई गगनको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उनले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भने, ‘उम्मेदवार छनौट गर्दा लोकप्रिय उम्मेदवार छान्नुपर्छ, पहिले कमजोरी भएका छन् भने सच्याउनुपर्छ ।’

उनले स्थानीय चुनावबाट कांग्रेसले धेरै सिट जितेको मात्र नभई मत पनि बढेको बताए । उनले कांग्रेसबाट उम्मेदवार भई स्थानीय चुनाव जितेकाहरूलाई प्रशिक्षण दिने पनि बताए। ‘उहाँहरूलाई प्रशिक्षण दिन्छौं र निरन्तर मूल्यांकन गरिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma