Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकार

काठमाडाैं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्।

बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसार वृद्धि भएको पनि स्पष्ट गरे।

मन्त्री कार्कीले नेपालमा उर्जाको उत्पादन बढिरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए। उनले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य राखेकाे जानकारी दिए।

उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि केवल हाम्रो कारणले मात्र होइन। अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसार यसको मूल्यमा वृद्धि हुने कुरा थाहा छँदैछ। हामी जलश्रोतको दोस्रो धनी देश हौँ र अहिले जुन किसिमले उर्जाको उत्पादन भइरहेको छ यसलाई सदुपयोग गरेर हामीले चाँडै नै बिजुलीबाट चल्ने गाडीहरु र हाम्रो भान्सामा पनि बिजुलीलाई प्राथमिकता दिएर अघि बढ्ने सरकारको नीति छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma