Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भोट हालेको भोलिपल्ट सरकारले नागरिकलाई महँगीको डण्डाले हिर्कायो : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्यवृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाउनु भएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले मूल्यवृद्धिको पवृत्ति अभूतपूर्व रहेको भन्दै टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्यवृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वत: बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महंगीको मार खेप्नु परेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma