काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले नागरिकको विश्वासलाई शिरमा राख्दै सेवक भएर काम गर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले आफू नागरिकको शासक नभइ सेवक हुने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले मतदातालाई धन्यवाद दिँदै लेख्नु भएको छ–’भरोसा गरेर काठमाण्डौ जस्तो महत्त्वपूर्ण महानगरपालिकामा विजयी गराउनु भएको छ । त्यसैले यो तपाईँहरुको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु।’



प्रतिक्रिया