Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सरकारको नीति तथा कार्यक्रममाथि ओलीकाे अभिव्यक्ति गन्थन मात्रै : गगन थापा

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गर्नु भएको छ ।

पालिका तह चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क समेत गर्नु भयो । शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार बेहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमती पनि नभएको जिकिर समेत गर्नु भयो ।

निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो । उहाँले विपक्षी दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणा समेत राख्नु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिव घन्टौको एउटा लामो गन्थन प्रस्तुत भईसके पछाडि मलाई केही साथीहरुले भन्नु भयो–यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरुलाई भने–प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमती व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ ।’

महामन्त्री थापाले सरकारले मंसिरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । पालिका तहको चुनाव शान्दार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसिर भित्र संघ र प्रदेशको चुनाव गराउने उहाँले बताउनु भयो । उहाँले देशमा गम्भीर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma