चन्द्रौटा,१५ जेठ
कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले –काँग्रेस गठबन्धन विजयी भएको छ । आइतबार भएको कार्यपालिकाको निर्वाचनमा एमाले ,काँग्रेसको गठबन्धनले ३८ मत प्राप्त गरेर विजयी भएको हो । लोकतान्त्रिक समाजवादी,माओवादी केन्द्र ,जनता समाजवादी पार्टी नेपालको गठबन्धनले १९ मत प्राप्त गरेको छ ।
नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ती मगर , बुद्धिकला भण्डारी र प्रेम सुनार नेपाली काँग्रेसको तर्फ बाट सन्त बहादुर धोबी, सिमरन बिक, विष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन । यो सँगै नगर कार्यपालिकामा नगर प्रमुखको संयोजकत्वमा २१ सदस्य कार्यपालिका गठन भएको छ । नगर प्रमुख,उप प्रमुख र वडा अध्यक्षहरू स्वतः कार्यपालिकामा रहने व्यवस्था छ ।शिवराजमा राप्रपाले मेयर जितेपछि एमाले काँग्रेसको गठबन्धन बनेको थियो ।


प्रतिक्रिया