Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

संघबाट शिवराजले पायो ५६ करोड ८८ लाख वजेट

कपिलवस्तु – संघबाट आगामी आर्थिक वर्ष २०७९र८० को लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख वजेट पाएको छ । त्यस्तै कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा धेरै वाणगां नगरपालिकालाई ६९ करोड ७१ लाख र सबैभन्दा कम सुद्धोधन गाउँपालिकालाई ३५ करोड ९३ लाख बजेट पाएका छन् ।

आगामी आर्थिक वर्ष २०७९र८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma