Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

मे महिनामा ५३ हजार ६ सय जना पर्यटक नेपाल आए

काठमाण्डाै – अघिल्लो अङ्ग्रेजी महिना अर्थात् मे महिनामा ५३ हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय आठ जना पर्यटक नेपाल आएका हुन् । यो कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को मे महिनाको तुलनामा २५ दशमलव ७ प्रतिशतले कमी हो । सन् २०२० को मे महिनामा ३१ जना र गएको वर्षको मे महिनामा १४ सय ६८ जना पर्यटक नेपाल आएका थिए । 

यो वर्ष मे महिनामा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल आएका छन् । समग्रमा दक्षिण एसियाबाट ३० हजार पाँच सय ६६ जना पर्यटक आएका छन् । यस्तै एसियाली देशबाट दुई हजार दुई सय २३ र युरोपबाट ६ हजार आठ सय ९५ जना, अमेरिकी देशबाट आठ हजार ३३ जना, न्युजिल्यान्ड र अस्ट्रेलियाबाट एक हजार ६ सय ९४ जना पर्यटक नेपाल आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma