Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लुम्बिनी प्रदेशका २१८ प्रमुख उपप्रमुख कपिलवस्तुमा

माधव बेल्वासे
चन्द्रौटा,कपिलवस्तु

लुम्बिनी प्रदेशका १०९ पालिकाका २ सय १८ जना प्रमुख उपप्रमुख कपिलवस्तुमा जमघट भएका छन् । लुम्बिनी प्रदेशले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई सहित अन्तरक्रियाको लागि जमघट गराएको हो । शनिवार चन्द्रौटा स्थित लुम्बिनी ग्रिन रिसोर्टमा भएको कार्यक्रम नवनिर्वाचित जनप्रतिनिधिहरूले प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले काम गर्ने बताएका थिए ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रत्येक पालिकामा एउटा गौरवको योजना सुरु गर्न आग्रह गर्नुभयो । अधिकांश पालिकाहरूमा नयाँ नेतृत्व आएको बताउँदै नागरिकहरूको लागि कुनै न कुनै गौरवको योजना सुरु गर्नुपर्ने बताउनुभयो । ‘जनताले ठुलो आशा र भरोसा गरेर निर्वाचित गरेका छन्, जनताको आवश्यकताको आधारमा काम गर्नुहोस्, केसीले भन्नुभयो, ‘पालिकाका सकारात्मक काममा प्रदेश सरकारले सहयोग गर्न तयार छ, ।’


अबको केही समयमा प्रदेश र सङ्घको निर्वाचन हुने भएकोले प्रदेश सरकारका अधुरा कामहरूलाई पुरा गर्न सरकार लागि परेको बताउनुभयो । कानुन निर्माण देखि अन्य केही विषयमहरुको कामलाई पुरा गर्न तत्पर रहेको बताउनुभयो । मुख्यमन्त्री केसीले नागरिकहरूको मागलाई पुरा गर्ने तवर वाट पालिकाहरूले काम गर्नुपर्ने सुझाव दिनुभयो । धेरै पालिकाहरूमा नयाँ अनुहारहरू आएकोले अवसर र चुनौती लाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकारलाई ध्यान दिँदै सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । जनताको सेवा गर्ने जनप्रतिनिधिहरूको दायित्व रहेकोले तिन वटा सरकार मध्य जनताको घरदैलोको सरकार स्थानीय सरकार रहेको बताउनुभयो । प्रमुख शेरचनले पालिकाहरूलाई समृद्ध बनाउन सकियो भन्ने प्रदेश पनि समृद्ध हुनेमा जोड दिँदै जीवन स्तर परिवर्तन हुने गरी काम गर्न पालिकाका प्रमुख उपप्रमुखहरूलाई आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले जनताले दिएको मतलाई सम्मान गर्दै विकास र समृद्धमा सबै जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । जनताले विकास चाहेको र नवनिर्वाचित जनप्रतिनिधिहरूले त्यो चाहानालाई पुरा गर्ने दायित्व रहेको जिकिर गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा सङ्घीयता विज्ञ तथा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा,पूर्व राजदूत लिलामणि पौडेल सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma