Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्राेत नखुलेकाे झन्डै ४ कराेड रुपैयाँसहित चार जना चिनियाँ र एक नेपाली पक्राउ

काठमाण्डाै – स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाण्डौको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् । 

नुवाकोटबाट काठमाण्डाै आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । 

पक्राउ पर्ने नेपालीमा गाडीका चालक नुवाकोट विदुर नगरपालिका ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ रहेका छन् । अरू चार जना चिनियाँ हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma