Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एमाले सचिवालय बैठकमा पालिका चुनावको समीक्षा हुने

काठमाण्डाै – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो । बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले पालिका चुनावमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ । यस्तै पार्टीभित्रको अन्तर्घातले पनि चुनावमा सोचेजस्तो नतिजा नआएको एमाले नेताहरुको टिप्पणी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma