Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चुनावमा पनि काम गर्नुपर्दा जनक शिक्षाले समयमै पुस्तक छाप्न सकेन : शिक्षामन्त्री

काठमाण्डाै – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेलले पालिका चुनावका कारण समयमै पुस्तक छाप्न नसकेकाे दाबी गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाकाे बैठकमा सांसदले साेधेका प्रश्नकाे जवाफ दिँदै मन्त्री पाैडेलले वैशाख ३० मा सम्पन्न पालिका चुनावका लागि जनक शिक्षाका कर्मचारीले पनि काम गर्न परेकाे हुँदा पुस्तक छपाइमा ढिलाइ भएकाे हाे । 

काेभिड–१९ र रुस–युक्रेन युद्धका कारण पनि समयमै पुस्तक छाप्न नसकेकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, काेभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा विद्यालय लामो समय बन्द रहेका र विद्यार्थीको पढाइमा पुगेको क्षति कम गरी त्यस सत्रमा हुनुपर्ने पढाइलाई पूरा गर्न शैक्षिक सत्र २०७९ असार पहिलो हप्ताबाट हुने भनिएको थियाे । तर त्यहीअनुसार छपाइका पूर्वतयारी नहुँदा सरकारले जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गर्दा एक महिनाअघि शैक्षिक सत्र सुरु भएको छ । यसै अवस्थामा रुस–युक्रेन युद्धका कारण कागज आपूर्तिमा समेत प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएकाे हाे । साथै वैशाख ३० मा सम्पन्न पालिका चुनावका लागि समेत जनक शिक्षाले काम गर्न परेको हुँदा तोकिएको समयमा पाठ्यपुस्तक छपाइमा ढिलाइ हुन गएको हो । 

मन्त्री पाैडेलले शैक्षिक सत्रमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा बाधा नपरोस् भनी सामग्री उपलब्ध हुने वैकल्पिक व्यवस्था गरिएको बताउनुभयाे । पाठ्यसामग्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट https://learning.cehrd.edu.np / पाठ्यक्रम विकास केन्द्रको वेबसाइट https://moecdc.gov.np बाट प्राप्त गरी प्रयोग गर्न सकिने उहाँकाे भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma