कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा रहेको पहिरा खोलाले बगाउँदा दुइ भारतीय किशोर वेपत्ता भएका छन् । प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा खोलाले बगाएको हो ।
भारतको बलरामपुर जिल्ला बस्ने बर्ष १७ का निखिल कौशाल,बर्ष १८ सुरज सोनीलाई पहिरोले बगाउदा वेपत्ता भएका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले बताउनुभयो । वेपत्ता भएका भारतीय नागरिकहरुको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शाहीले जानकारी दिनुभयो ।


प्रतिक्रिया