Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पहिरोमा परी वेपता भएका दुई भारतीय नागरिकको शव फेला

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा पर्ने धानखोला स्थित खैरी खोलामा पहिरोले बगाउदा वेपत्ता भएका दुईजना भारतीय नागरिकको शव फेला परेको छ ।
प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा सोमवार बिहान साढे ७ बजेतिर पहिरोले बगाएको हो । भारतको बलरामपुर जिल्लाका १७ बर्षिय का निखिल कौशाल, १८ बर्षिय सुरज सोनीलाई पहिरोले बगाउदा वेपत्ता भएका थिए । विहान वेपता भएका दुवै जनाको दिउंसो शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले वताएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने खोलमा भारतीय नागरिकहरु फोर्सबाट झरेर आउदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्दैटाका प्रहरी निरिक्षक कपिल जंग शाहीले बताए । उनीहरुको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तौलीहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । झरीले गर्दा सो सडक खन्डमा ढेड घन्टा अवरुद्ध बनेको थियो । डोजर लगाएर अवरुद्ध बटो सुचारु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma