Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा, चुनाव चिन्ह घन्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए ।

उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । 

काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो । 

उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma