Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सवारी दुर्घटना न्यूनीकरणको लागि चालकलाई प्रशिक्षण

माधव बेल्वासे
चन्द्रौटा,७ असार

सवारी दुर्घटना न्यूनीकरणको लागि कपिलवस्तुको गोरुसिगेमा सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपालमा हुने अधिकांश दुर्घटना चालकको कारण हुने भएकोले चालकहरू सचेत बन्नुपर्ने जिल्ला ट्राफिक कार्यालय गोरुसिगेका प्रहरी निरीक्षक दलराम टमटाले बताउनुभयो । सवारी चालकहरू नेपालको पछिल्लो दुर्घटनाको अवस्था बारे जानकारी दिँदै चालक जिम्मेवार बनेमा दुर्घटनामा न्यूनीकरण आउने दाबी गर्नुभयो ।
सवारी चलाउँदा सिट क्षमता अनुसार यात्रु राख्ने, हेलमेट लगाउने,सवारी चालकले मदिरा सेवन नगर्ने,सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा जिम्मेवार बनेमा दुर्घटनामा कमी आउने उहाँले बताउनुभयो । सवारी साधन चलाउँदा सानो लापरबाहीले पनि दुर्घटना हुने हुँदा सबै पक्ष मिलेर दुर्घटना न्यूनीकरणमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले चालकको ध्यान दिनुपर्ने कुराहरू,पार्किङ गर्ने तरिका,सडकमा यात्रा गर्दा अपनाउनु पर्ने उपायहरू लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।
वरिष्ठ प्रहरी नायव निरीक्षक हुमानन्द खनालले सवारी दुर्घटना हुनुको मुख्य कारण र न्यूनीकरण गर्न चालकको भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो । धेरै सवारी दुर्घटना मानवीय कारणले हुने भएकोले यात्रुले लिएर हिडने चालकको भूमिका बढी हुने बताउनुभयो । उहाँले ट्राफिक चिन्ह बारे सचेत गराउँदै दुर्घटना भएमा नेपालको कानुनी कारबाहीको बारेमा चालकहरूलाई जानकारी दिनुभएको थियो । खनालले सवारी साधनको गति सीमित गरौँ आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भनाइलाई आत्मसाथ गरेर जिम्मेवार चालक बनेर सवारी सधान चलाउन आग्रह गर्नुभयो । कपिलवस्तुमा गत आर्थिक वर्षमा १३३ वटा दुर्घटना भएको र त्यसमध्ये ११४ वटा दुर्घटना सवारी चालकको लापरबाही भएको बताउनुभयो ।
कार्यक्रममा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बुटवलका उपसचिव तारा ज्ञवाली, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका हुमानन्द खनाल लगायतको सहभागिता रहेको थियो । श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलको समन्वयनमा उक्त कार्यक्रम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma