शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शिवराज बहुउद्देश्य पशुपालन तथा कृषि फर्म आव ०७८।७९ मा संचालन भएको भैसी ब्रेडर हर्ड व्यवस्थापन कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले फर्म संचालन गरेर आत्मनिर्भर बनेको धन्यवाद दिनुभयो । लामो समय सम्म वैदेशिक यात्रामा रहनुभएका युवाले देशमै आएर कृषी फर्म तर्फ लाग्नु खुसिको कुरा रहेको बताउनुभयो ।यस क्षेत्रको नमुनाको रुपमा काम गर्न आग्रह गर्दै अन्य ठाउँ वाट पनि फर्म उदाहरणको लागि यो फर्ममा आउने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
वडा अध्यक्ष नेत्र बेल्वासेले युवाहरु व्यवसायमा लाग्नु राम्रो कुरा रहेको बताउँदै आगामी दिनमा पनि फर्मलाई कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । फर्म संचालक विष्णु खतिवडाले भैसी ब्रेडर हर्ड व्यवस्थापन कार्यक्रमको आयव्याय सार्वजनिक गर्नुभएको थियो । नया गोठ निर्माण,उन्नत जातको भैसिपालन,नष्ल सुधार मल र पाडापाडी उत्पादन भएको बताइएको छ ।
—


प्रतिक्रिया