Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ईलाका प्रशासन कार्यालय चन्द्रौटाको भवन सिल्यान्स

असार ९ मोफसल
ईलाका प्रशासन कार्यालय चन्द्रौटाको भवन सिल्यान्स भएको छ । स्थापना काल देखि भाडाको घरमा वसेको कार्यालयको भवन निर्माणको काम अगाडी वढेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भवनको सिल्यान्स गर्नुभएको हो । जग्गा अभावको कारण भवन निर्माण अगाडी वढन नसकेको कार्यलयको भवन निर्माणको लागी स्थानीय जग्गादाता राम विलास कुर्मी र रुद्रनारायण कुर्मीले जग्गा दिएपछि भवन निर्माणको कार्य अगाडी वढेको प्रशासन कार्यालयले वताएको छ । नवनिर्मीत उधोग वाणिज्य संघको पुर्व तर्फ भवन निर्माण सुरु भएको समाजशेवी हरिप्रसाद पोखरेलले वताउनुभयो । भाडाको घरवाट कार्यालय संचालन भईरहेको वेला भवन निर्माण कार्य अगाडी वढेपछि शेवाग्राही खुसी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma