Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद, प्रहरीले चलायो गोली

काठमाडौं  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ ।

विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो ।

विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाइ छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उहाँले बताउनुभयो । आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma