Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लुम्विनी प्रदेश सरकारद्धारा भुसाल सम्मानित

नेपाल प्रत्रकार महासंघ कपिलवस्तुका पूर्वा अध्यक्ष डिलाराम भुसाल लुम्विनी प्रदेश सरकारबाट सम्मानित हुनुभएको छ । लुम्विनी प्रदेश सरकारले भुसाललाई सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।

भुसाललाई मंगलवार बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले ५० हजार राशिको पुरस्कारबाट दोसल्ला ओढाएर सम्मान र्गनु भएको हो।
प्रदेश सरकारले अग्रज पत्रकारिता सम्मान पुरस्कारबाट पत्रकार खिमानन्द भट्टराई र मरणोपरान्त विन्दु कुमार चौहानलाई सम्मान गरेको छ ।

यस सम्मानको राशी पचास पचास हजार रहेको छ । लुम्विनी क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशिल चौहानको गत वर्ष मृत्यु भएको थियो । त्यस्तै सिर्जशील पत्रकारिता पुरस्कारबाट सन्जु पौडेल र प्रेम विक पनि सम्मानित भएका छन । उनीहरुलाई पनि ५० हजारका दरले सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो संस्था भएको भन्दै सञ्चार क्षेत्रलाई सधै मयार्दित बनाउनु पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकार जनताको जीवनस्तरलाई माथी उठाउन निरन्तर लागि रहेको भन्दै सरकारका जनमुखि कार्यलाई जनतासमक्ष पु¥याई दिन सञ्चार क्षेत्रलाई अनुरोध समेत गर्नु भएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयतालाई बलियो बनाउने गरी भुमिका खेल्न सञ्चार क्षेत्रलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रदेश सरकार कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रमुख सचिव डिल्लीराम शर्मा, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सचिव दिपक नेपाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरी लगायत रुपन्देही कपिलवस्तुका पत्रकारको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma