Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडौं – नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबार बसेको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसार्इं, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आआफ्नो धारणा राखेका थिए  ।

आजको बैठमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले जवाफ दिनेछन् । देउवा नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा नेताहरूले सरकारबारे प्रश्न गरेका थिए । ती प्रश्नको मन्त्रीहरूले आज जवाफ दिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma