Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजका १७ जना आरन ब्यवसायीहरुलाई आधुनिक औजार वितरण

चन्द्रौटा – शिवराज नगरका १७ जना परम्परागत रुपले चली आएका आरन ब्यवसायीहरुलाई सामाग्रि ब्यवस्थापन सहयोग कार्यक्रम मार्फत विभिन्न सामाग्रिहरु हस्तान्तरण गरिएको छ । परम्परागत रुपमा संचालन गर्दै आईरहेको दलित समुदायलाई आफ्नो शिपलाई आधुनिकरण गर्दै जिविकोपार्जनमा टेवा पु¥याउने नगर प्रमुख अजय थापाले बताउनुभयो । समाज निमार्णमा उल्लेख्य भुमिका रहेको दलित समुदायलाई यस्तो सहयोगले आत्मा सम्मानित रुपमा बाच्न सहयोग पुग्न नगर प्रमुख थापाले बताउनुभयोे ।

समाज रुपान्तरण संगै दलित समुदायको परम्परागत पेशामा रुपान्तरण हुन नसक्दा सामाजको मुलधारबाट सधै बाहिर रहेको पुर्व कार्यपालका सदस्य तथा दलित अधिकार कर्मी सि.बि गहतराजले बताउनुभयो । समाजको मुलधारमा स्थापित गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने अधिकार कर्मी सि.बि गहतराजले बताउनुभयो ।

नगरले यस्तो कार्यक्रम प्रत्येक वर्ष निरन्तरता गर्दै जानुपर्ने वडा नं.५ का वडा अध्यक्ष नेत्र बेल्वासेले बताउनुभयो । तुले वि.क, सुकलाल बिश्वकर्मा, प्रमात्मा लोहार, राम प्रसाद कामी, रामकुमार लोहार, हिमलाल वि.क, विर्से कामी, कर्णसिंह कामी, झुपे सुनार, डाल बहादुर वि.क, अमरनाथ लोहार, विष्णु सुनार, गुरु प्रसाद लोहार, कृष्ण कमी, शिव चन्द्र वि.क र शंखराम कामीलाई ग्रेन्डर वेल्डीङ मसिन सहयोग गरिएको हो ।

कार्यपालिका सदस्य प्रेम सुनारको अध्यक्षतामा संचालित कार्यक्रम संचालन पदम सुनारले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma