लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले कपिलवस्तुको जगदीशपुर तालले यहाँका नागरिकहरूको जीवनशैली बदलिने बताउनुभयो । शनिवार आयोजित बर्ड स्याङ्चुरी घोषणा कार्यक्रममा जगदीशपुरमा पाहुना चरा सँगै मानिसहरूलाई पनि ल्याउनुपर्ने र यहाँका नागरिकहरू जीवनमा परिवर्तन आउने बताउनुभयो । पाहुना चरालाई वासस्थान सँगै चरालाई यहाँ बसै बसै लाग्ने गरी प्राकृतिक सौन्र्दयता हुने गरि काम गर्नुपर्ने बताउनुभयो ।
२०२८ सालमा स्थानीय नागरिकहरूको सिचाई को लागि निर्माण गरेको तालमा अहिले विश्वव्यापी रूपमा रहेका चराको वासस्थान बन्न सफल भएको बताउनुभयो । प्रदेशले बर्ड स्याङ्चुरीको कार्यविधि निर्माण गरिएकोले अब निरन्तर तालको विकास गर्ने बताउनुभयो । ताललाई जीवनशैली सँग जोडेर यहाँका नागरिकहरूको आत्मनिर्भर बन्न सक्ने जिकिर गर्नुभयो ।
‘ताल क्षेत्रमा सैन्दर्यकरण गरेर पर्यटकहरू आउँदा यस्तो भएछ भनेर चर्चा हुने गरी काम हुने छ, केसीले भन्नुभयो, ‘कुन चरालाई कुन वनस्पति मन पर्छ त्यही वनस्पति लगाएर विश्वका थप चरा आउने गरी विकास गर्ने छौ, ।’ मुख्यमन्त्री केसीले लुम्बिनी आउने पर्यटकहरूलाई जगदीशपुर ल्याई घुमाउने वातावरण सिर्जना गरिने बताउनुभयो । देशकै ठुलो सम्पदाको रूपमा जगदीशपुर ताललाई हेर्न सकिने भएकोले यहाँका नागरिकहरूले पाहुना घर,होमस्टे,होटलहरु निर्माण गरी आयआर्जन सँग जोडिन सक्ने बताउनुभयो । विभिन्न समयमा संघ सरकारले ताललाई हस्तक्षेप गर्न खोजे जस्तो देखिएको उहाँले बताउनुभयो ।
फरक प्रशाङगमा बोल्दै मुख्यमन्त्री केसीले पछिल्लो समयमा केहि कंलकहरुले सङ्घीयता चाहिँदैन भनी भ्रम फैलाएको बताउनुभयो । लाखौँ जनताको कारणले सङ्घीयता आएकोले यो व्यवस्थाका विरुद्ध ठुलै शक्ति लागि परेको बताउनुभयो ।


प्रतिक्रिया