नवराज पौडेल
कपिलवस्तु,,
कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा २ कोठे गांउघर क्लिनीक भवन उद्घाटन गरिएको छ । शिवराज नगरपालिका ५ लाख ८८ हजार र जनश्रमदान ६५ हजार ३ सय ३३ रुपिया गरि ६लाख ५३ हजार ३ सय ३३ रुपिया लागतमा सम्पन्न भवनको मंगलबार एक कार्यक्रमक विच शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्तरुपमा रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले हरेक गांउमा एक क्लिनीक भन्ने नगरको निती तथा कार्यक्रम अनुसार २ कोठे भवन निर्माण गरिएको बताउंदै गर्भवती महिला तथा नवजात शिशु र बालबालिकालाई खोप लगाउन सहजहुने बताउनुभयो । नव निर्मित क्लिनिकमा चाहिने जनशक्ती लगाएतका कुुरामा नगरपालिकाको तर्फबाट सहयोग प्रतिवद्धता जनाउनुभयो । आफ्नो गांउ आफै बनाउं भन्ने उदेश्यले समुदायका सम्पुर्ण व्याक्तीहरुको क्लिनीकको संरक्षणमा एक जुटहुन आग्रह गर्नुभयो । यसै विच क्लिनीक सम्म पुग्ने बाटो ग्राभेल गर्ने तथा क्लिनीक आवश्यक फर्निचरका सामान वडाको सामाजिककोष बाट चनई स्वास्थ्य चौकीका प्रमुख जितबहादुर वि.सी संग समन्वय गरि आवस्यकताका आधारमा व्यावस्थापन गर्ने वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । क्लिनीकबाट विशेषगरि वडा नं ३ का मदवा,भितरिया,मैनारबुलाकी गाउका बालबालिका तथा गर्भवती महिला लाभान्वितहुने बताउदैं स्वास्थ्य सम्वन्धी सचेत रहनुपर्ने चनइ स्वास्थ्य चौकी प्रमुख जित बहादुर वि.सीले बताउनुभयो । भवन निर्माणका लागी जग्गा दान गर्नुहुने कृष्ण बहादुर थारु,लाई सम्मान गरिएको थियो । भवनका लागी शिवराज नगरपालिका ३ मदवा निवासी रेनुका कोइरालाले १ थान पंखा सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो ।कार्यक्रम भवन निर्माण समितीका अध्यक्ष रोलवा थारुको अध्यक्षता र सचिव रन बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया