मोफसल खबर
साउन ७
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले शुक्रबार विहान २ बजे पक्राउ गरेको ८१ जीउ रागा पाडा लिलाम हुन सकेको छैन । भन्सार कार्यालयले पक्राउ गरी राखेको रागापाडा खरिदका लागी बोली लगाउन कोहि पनि नआए पछि शुक्रबार दोस्रो पटक सम्म सुचना जारी गरिएको थियो ।
नगरपालिकाको वडा नं. १ र ६ का विभिन्न क्षेत्रबाट शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएकोमा ७० वटा खसीबोकाको भने हिजो नै लिलाम भइसकेको भन्सारका कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । भन्सार कार्यालयले पक्राउ गरेका रागापाडाको लिलामीका लागि कोहि पनि उपस्थित नभए पछि कार्यालय रागापाडालाई शुक्रबार देखि आफै पालिरहेको छ ।
भन्सार कार्याललयले लिलामी प्रक्रिया अघि बढाई सकेको छ ,हामीले दोस्रो पटक समेत सुचना प्रकाशित गरिसकेका छौ तर कोहि व्यपारी बोलि लगाउन आउनु भएको छैन भन्सार प्रमुख पौडेलले बताउनु भयो । भन्सार कार्यालयले पक्राउ गरेको रागापाडाको मूल्य बजार मूल्य भन्दा बढि लगाएको हुनाले खरिद गर्न कोहि नगएको स्थानिय एक व्यापारीले बताए । भन्सार कार्यालयले नियन्त्रणमा लिएको बस्तुभाउ २४ घण्टा भित्र सम्बन्धितलाई दिने वा लिलाम प्रक्रियमा विक्री गर्नु पर्ने प्रावधान भए पनि कृष्णनगर भन्सार कार्यालयले नियन्त्रणमा लिएका रागापाडा भने लिलाल हुन सकेको छैन ।


प्रतिक्रिया