Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गोरखपुर वाट एक युवतीको उद्धार

चन्द्रौटा,८ साउन
भारतको गोरखपुर वाट एक नेपाली युवतीको उद्धार गरिएको छ । एक महिना अघि इलाम घर भएकी २३ वर्षीय युवतीलाई बहराइन लैजाने भन्दै दुई जना पुरुषले गोरखपुर पु¥याएका थिए । सन्तोष र धन प्रसाद नाम गरेका पुरुषलाई विभिन्न प्रलोभन देखाई सुनवल हुदै लगेको ती युवतीले बताएकी छिन् ।
युवती गोरखपुरमा अलपत्र परेको सूचनाको आधारमा शान्ति पुनस्थापना गृहले उद्धार गरेको जिल्ला संयोजक बसन्ती जिसीले बताउनुभयो । उनलाई भारतीय प्रहरीले आशा ज्योति सेवा केन्द्रमा पठाएको थियो । उक्त संस्था सँग सहकार्य गरी युवतीलाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको जिसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma