Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर २० वर्षीय युवकको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका १२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma